अभिनेत्री मनिषा कोइरालालाई मन पर्यो ऊनको स्वीटर


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ जेठ

वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ऊनको स्विटरले दर्शकको मन जितिरहँदा बुधवार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष शोमा समेत कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको थियो ।

बलिउड तथा नेपाली अभिनेत्री मनीषा कोइरालादेखि चर्चित अभिनेता एवं क्याप्टेन विजय लामा, नाजिर हुसेन, गायक राजेश पायल राई, आनन्द कार्की, संविधानविद् डा. भीमार्जुन आचार्य, नेतृ नबिना लामा, डा. लोचन रिजाल, रियालिटी शो निर्देशक अमन प्रताप अधिकारीलगायतले यो चलचित्र हेरेका थिए । उनीहरुले चलचित्र निकै राम्रो भएको प्रतिक्रिया पनि दिए ।

अभिनेत्री मनीषा कोइरालाले चलचित्रको खुलेर प्रशंसा गर्दै भनिन्, “ऊनको स्वीटर हेरेँ । कति सुन्दर र मन छुने प्रेमकथा ! जातीय सीमाहरू पार गरेर गरिने माया, सांस्कृतिक विविधताको जीवन्त प्रस्तुति, आत्मा छुने सङ्गीत अनि सशक्त अभिनयले यो चलचित्र अविस्मरणीय बनाएको छ । हामी हाँस्यौँ, रोयौँ, र नेपालभित्रको विविध आत्माको सुन्दरता अनुभव ग¥यौँ ।“

गायक राजेश पायल राईले भने, “चलचित्र अत्यन्त मीठो बनेको छ। निर्देशकको काम उत्कृष्ट छ भने कलाकारहरुको अभिनय उल्लेखनीय छ । यस्ता सुगन्धित फूलजस्ता प्रेमकथाले नेपाली सिने उद्योगमा गर्व गर्न लायक काम हुँदैछ ।”

अभिनेता तथा पाइलट विजय लामाले चलचित्रको कथा र निर्देशनको प्रशंसा गर्दै दर्शकलाई हलमै गएर अनुभव गर्न आग्रह गरे । “यसका निर्देशक अमेजिङ स्टोरीटेलर हुन् । फरक ढङ्गको अग्र्यानिक कथा बोकेको यो चलचित्र सहरमा बस्ने हाम्रा लागि अनिवार्य हेर्नु पर्ने चलचित्र हो,” उनले भने ।

अभिनेता नाजिर हुसेनले भने चलचित्रले पुराना दिनहरूको सम्झना दिलाएको बताए । “चलचित्र न्यानो छ, कोमल छ । पुरानो समयको न्यानोपन फेरि बाँचेजस्तो लाग्यो । कलाकारहरूको अभिनयले दिल नै चोरेर लैजान्छ,” उनले प्रतिक्रिया दिए ।

नवीन चौहानले निर्देशन गरेको यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । यो चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि उत्कृष्ट व्यापार गरिरहेको छ ।

यो चलचित्र हेरेपछि गायक आनन्द कार्कीले चलचित्रको हरेक कुराले दिल छोएको बताए । कार्कीले ’ऊनको स्वीटर’को गीत सङ्गीत पनि अत्यन्त उच्च स्तरको रहेको जनाए ।

संविधानविद् आचार्यले चलचित्रमा कलाकारको अभिनय, संवाद, यसका दृश्यहरू अति नै प्राकृतिक भएकोले हेर्दाहेर्दै आफ्नै जस्तो लागेको बताए । “विगतसककंग नोष्टाल्जिक हुन्छ । अटो भरेको दृश्यले बालापनको याद गराउककंछ । चार–पाँच वटा भरिएका अटोहरू आज पनि मसककंग सुरक्षित छन्,“ उनले भने, “ विपिनहरू त अभिनयका बादसाह नै हुन् । मलाई त यो चलचित्रमा सबै भन्दा उत्कृष्ट, जीवन्त र प्राकृतिक अभिनय चलचित्रकी ’फूल’ अर्थात् मिरूना मगर बहिनीको लाग्यो । नेपाली सिनेमाको जय !“