तेस्रो सातामा ऊनको स्वीटर, हलमा अझै उच्च शो


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ जेठ

यती बेला नेपाल सहित विभिन्न देशका चलचित्र घरमा निकै राम्रो व्यापार गरिरहेको चलचित्र ‘ऊनको स्वीटर’ आज शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको छ । यो चलचित्रले तेस्रो सातामा पनि पहिलो साताको जत्तिकै हलमा शोहरु पाएको छ ।

क्युएफएक्स चेन अन्तर्गत काठमाडौँ उपत्यकामा आज शुक्रबार तेस्रो सातामा चलचित्र ऊनको स्विटरले १८ शो पाएको थियो । भोली शनिबार पनि १८ शो नै रहेको छ । गत साता र यो साता रिलिज भएको नेपाली चलचित्रहरु भन्दा ऊनको स्विरटले तेस्रो सातामा पनि बढी शोहरु पाएको छ । यो चलचित्रमा दर्शकको आकर्षण तेस्रो सातामा पनि उस्तै छ । यो चलचित्रले कम्तिमा ५१ दिनसम्म राम्रो व्यापार गर्ने विश्वास हल सञ्चालकहरुको छ ।

नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’मा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । यो चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि उत्कृष्ट व्यापार गरिरहेको छ ।