ब्युटी न्युज नेपाल/सरिता भारती
इलाम, ७ जेठ
यसपटक चलचित्र पत्रकार संघले आफ्नो २६ औँ वार्षिक उत्सव इलामको सूर्योदय नगरपालिकामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । २६ औँ वार्षिक उत्सव तथा २३ औँ चलचित्र पत्रकारिता दिवसको अवसर पारेर ७ चैतमा श्रीअन्तुमा चलचित्र पत्रकार संघले विभिन्न चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
समारोहमा ५५ हजार ५५५ रुपैयाँ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८२’ पत्रकार ध्रुब लम्साललाई प्रदान गरिएको छ ।
यसै गरी चलचित्र पत्रकारिता पुरस्कार २०८२ यस पटक पनि दुई जनालाई प्रदान गरियो । जनही ५१ हजार रुपैयाँ राशीको यो पुरस्कार चलचित्र पत्रकार जीवन पराजुली र चलचित्र पत्रकार वर्षा वस्नेतलाई प्रदान गरियो ।
यस्तै कार्यक्रममा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ पत्रकारद्धय बिष्णु प्रसाद सुवेदी र नरेन्द्र बस्नेत (कोशी)लाई प्रदान गरियो । सोही समारोहमा राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट चलचित्र पत्रकार रस्मी थापालाई पुरस्कृत गरियो गरियो । यो पुरस्कारको राशी २५ हजार रुपैयाँ थियो । यसै गरी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार तुलसी प्रसाद निरौला (कोशी)लाई प्रदान गरियो । यो पुरस्कारको राशी पनि २५ हजार रुपैयाँ रहेको थियो ।
समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मो्हन निरौला, कलाकार संघका पूर्व अध्यक्षद्धय, शिब श्रेष्ठ, बसुन्धरा भुसाल, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अभिनेत्री गौरी मल्ल, चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु बिदुर गिरी, शान्तिप्रिय, दिनेश सिटौलालगायतले लगायतले समारोहमा पत्रकारहरुलाई सम्मान एवम् पुरस्कार प्रदान गरे ।
यी अतिथिहरुले संघलाई शुभकामना दिएका थिए । कार्यक्रममा संघका अध्यक्ष समिर बलामीले पुरस्कृत र सम्मानितहरुको बारेमा प्रकाश पारे ।