महाराजधिराजमा दुई वर्षा एकसाथ


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ जेठ

छायांकनको तयारीमा रहेको नेपाली चलचित्र ‘महाराजधिराज’ मा अर्को मुख्य नायिकाको रुपमा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छिन् । महाराजधिराजमा अब दुई वर्षलाई सँगै पर्दामा देख्न पाइने भएको छ । यो चलचित्रमा यस अघि नै वर्षा सिवाकोटी पनि अनुबन्धित भईसकेकी छिन् । यी दुई वर्ष पहिलो पटक एकै चलचित्रमा सँगै देखिन लागेका हुन् ।

चलचित्र महाराजधिराज निर्माण टिमले यस अघि पल शाह, आर्यन सिग्देल, रमेश उप्रेती, र जयकिशन बस्नेत यस अघि नै अनुबन्धित भईसकेका छन् । मुख्य कलाकार चयन भएसँगै अब चलचित्र छायांकनको लागि फ्लोरमा जाने निर्माण पक्षले जनाएको छ ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्दै छन् । यसमा लेखन पनि परिच्छेदकै रहेको छ ।