ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ
चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ आगामी ६ भदौमा रिलिज हुने भएको छ । निर्माणपक्षले सोमबार प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो ।
चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
यो सिनेमा आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथा हो । आमाको खुसी फर्काउन उसले के–के गर्छ, त्यही यात्राको उतारचढाव फष्र्ट लुकमा देखाउने प्रयास गरिएको छ । ‘जनै हराएको बाहुन ः सम्बन्धका धागाहरू’ छायांकन सकेर अहिले पोस्ट प्रोडक्सनमा छ ।
सिनेमालाई निर्देशक हिमाल न्यौपानेले गरेका छन् । यो उनको डेव्यु निर्देशन हो । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका कथा र उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा बोल्नेछ । चलचित्रको असोसियट निर्देशकमा मनिष राउत छन् ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहने चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् ।