शान्तीश्री र गौरवको लजाउने हैछौनीमा मिस पवी


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ जेठ

गायक गौरव गिरी र गायिका शान्तीश्री परियारको स्वरमा नयाँ गीत लजाउने हैछौनी…को भिडियो रिलिज गरिएको छ । यसलाई रिदम भिड युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

देउडा भाकाको यो गीतमा गायक गिरीकै शब्द रहेको छ । रोहित देउवाको संगीत रहेको यस गीतमा विसम आचार्यको एरेन्ज तथा श्याम श्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको छ ।

सार्वजनिक गीतमा सुदुरपश्चिमकी मोडल मिस पवि सहितका कलाकारको अभिनय छ । भिडियोमा मिस पविसँगै दीपा शाही र राजेश नाथले पनि अभिनय गरेका छन् ।

नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् ।

भिडियोको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेश नाथ अर्थात बैतडी बाजेको पनि यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् ।

सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् । गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो । गीतले देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन् ।