ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ बैशाख
बिगतमा प्रिमियर शोमा चलचित्र तथा अन्य क्षेत्रका सेलिब्रेटी प्रसस्त बोलाईन्थ्यो । चलचित्र हेरेपछि ती सेलिब्रेटीले प्रिमियर शोमै सञ्चार माध्यमलाई दिएको प्रतिक्रिया सम्बन्धित चलचित्रको प्रचारको लागि राम्रो खुराक बन्ने गरेको थियो । किनकी अझै पनि नेपाली दर्शकहरु सेलिब्रेटीको भनाईमा विश्वास गर्छन ।
तर यस्ता सेलिब्रेटीले मिडियामा बोलेको दर्शकले पत्याउँदैनन भनेर यसपटक ‘चलचित्र के घर के डेरा ः घर नम्बर २’ को प्रिमियरमा धेरै सेलिब्रेटी बेलाईएन । यो चलचित्रको बुधबार बेलुका क्युएफएक्स सिभिल मल, सुन्धारमा प्रिमियर गरियो । जसका कारण प्रिमियरमा सेलिब्रेटीहरुको खडेरी जस्तै भयो । यो चलचित्रका कलाकार बाहेर औँलामा गन्न मिल्ने सिनेकर्मी तथा सेलिब्रेटी थिए ।
प्रिमियर सोमा यसपटक सेलिब्रेटीको सट्टा काठमाडौँका टोल बजारमा पुगेर दर्शकलाई टिकट बाँढेर प्रिमियर सोमा बोलाईयो । यो चलचित्र देखाईयो । सित्तैँ टिकट दिएर फिल्म देखाएको दर्शकले नै चलचित्रको प्रसँसा गर्नुको सट्टा मिश्रित प्रतिक्रिया दिएपनि निर्माण पक्ष प्रिमियर सोको समाप्तिसँगै तनावमा देखिएका थिए ।
धन्न बहुसँख्यक नव मिडिया (युट्युव)का पत्रकारहरुलाई प्रिमियरमा बोलाईएको थिएन । जती आएका थिए, ति मध्य केहीले प्रवेश पाए पनि केहीलाई कार्यक्रम स्थलमा छिर्न नदिएपछि आम दर्शकको सकरात्मक कम, मिश्रित एवम् नकरात्मक प्रतिक्रिया मिडियामा आउन पाए ।
दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्र शुक्रबारबाट नेपालमा रिलिज हुँदैछ । चलचित्रको अग्रिम बुकिङ खुलेको छ । तर अग्रिम बुकिङ त्यतिधेरै उत्साह जनक छैन । तथापि चलचित्र राम्रो बनेको होला भन्ने आशा गरौँ । चलचित्रले बक्स अफिसमा कस्तो सफलता हाँसिल गर्छ, त्यो भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ ।