नरसिंहाः अवतार अस्ट्रेलिया अधिकार विक्री


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ बैशाख

अभिनेता राजेश हमालले ८ वर्षपछि ठु्लो पर्दामा कमव्याक गरेको चलचित्र ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको यसै साता ट्रेलर सार्वजनिक भएको थियो । ट्रृेलरले यो चलचित्रको चर्चा चुलिएको छ ।
यो चलचित्रको ट्रेलरमा समेटिएका सम्वादहरु आहिले भाईरल हुने क्रम जारी छ । यसैबिच चलचित्रको ट्रेलरले उचाई चुमेसँगै नेपाली बजारमा त यसको प्रतिक्षा बढेको छ नै, विदेशी बजारमा पनि माग चुलिएको छ ।

यो चलचित्रका लेखक तथा निर्देशक दिवाकर भट्टराइले विदेशबाट फिल्मको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए ।

यसैबिच, नेपाली फिल्मका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यो फिल्मको रिलिज अधिकार विक्री भएको छ ।

यो फिल्मको अष्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो । फिल्मलाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्–‘महानायक राजेश हमालको क्रेज र फिल्मको चर्चा अष्ट्रेलियामा खुबै छ । यसैले, दर्शकहरुको मागलाई ध्यानमा राखेर हामीले यो फिल्मको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं । आशा छ, फिल्मले अष्ट्रेलियाका दर्शकहरुको मन जित्नेछ ।’ वर्षा ‘भ्वाइस अफ नेपाल’मा सहभागी भइसकेकी गायिका समेत हुन् ।

वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा फिल्म रिलिज हुने बताइन् । नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने अनुमान वितरक तथा निर्माण पक्षको छ ।