ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ बैशाख
तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ आज काठमाडौँमा सम्पन्न भएको छ । कास्की खबर प्रा.लिद्धारा आयोजित यो अवार्ड समारोहमा संगीत दिर्घ साधना सम्मानबाट २५ हजार रुपैयाँ सहित अग्रज गीतकार राजेन्द्र थापालाई सम्मानित गरियो । बागमती प्रदेशकी पूर्व मुख्य मन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उनलाई सो सम्मान प्रदान गरिन् । समारोहमा १५ हजार ५५५ रुपैयाँसहित पत्रकारिता रजत संगीत संम्मानबाट रंग पत्रकार विदुर गिरी, ११ हजार १११ रुपैयाँसहित दशकको संगीत पत्रकारिता सम्मान म्युजिक खबर पाक्षिककी पत्रकार सबिता पोखरेल सम्मानित भए ।
समारोहमा साहित्य सम्मानबाट शितल कादम्बिनी, गीतकार सम्मानबाट कादम्बरी दाना श्रेष्ठ सम्मानित भए । यस्तै गायिका निता आचार्य, गीतकार अम्बिका गुरुङ,संगीतकार खेम सेन्चुरी, गायक पर्फमर दुर्गेश थापा, फोटोग्राफर च्याङ्वा लामा, गायिका लक्ष्मी नेपाली, गायिका सन्जु न्यौपाने, गायक दुर्गा बिरही, ग्राफिक डिजाईनर रिजन पुलामी मगरसँगै रामचन्द्र ढकाल, सबिन चौहान पनि कार्यक्रममा सम्मानित भए ।
समारोहमा लोक,आधुनिक र भिडियोसहित विभिन्न २० विधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट २० विधा बाहेक सो समारोहमा गायक शंकर क्षेत्री,उत्तम भण्डारी ,दिपक ओलि,दिपक कडेल ,याम प्रसाद निउरे,तुलसा क्षेत्री, संजय देबकोटा, पेम्वा लामा शेर्पा, उमेश ठगुन्ना, जगत घर्ती मगर, सुशील ज्ञवाली, सिर्जन पुन, सन्दीप सेन्चुरी, लगायतका कलाकारले विभिन्न बिधाबाट जुरि अवार्ड ,पब्लिक चोइस अवार्ड र इन्करेजमेन्ट अवार्ड प्राप्त गरे ।
संगीतकार गोबिन्द मधुर आचार्यको संयोजकत्वमा गठन भएको अवार्डको निर्णायक समितिमा गायक बैकुण्ठ महत, लोक गायक बम बहादुर कार्की, गायिका सोभा पाण्डे, निर्देशक राजन खरेल, निर्देशक मिलन श्रेष्ठ , वरिष्ठ संगीतकार योगेन्द्र उपाध्याय निरौला रहेका थिए ।
उत्कृष्ट अवार्ड प्राप्त कलाकारहरु :
– सर्बोकृष्ट राष्ट्रिय भाबको गीत : श्रीकान्त राना क्षेत्री – केही गर्नु छ देशका लागी
– सर्बोकृष्ट लोकदोहोरी गायक : बालचन्द्र बराल – न काली न गोरि
– सर्बोकृष्ट लोकदोहोरी गायिका : सुनिआ बुढा क्षेत्री – एक लाई शून्य दश
– सर्बोकृष्ट शब्द सिर्जना लोकदोहोरी : कृष्ण सुवेदी पिर परेर आको बेलामा
– सर्बोकृष्ट लय सिर्जना लोकदोहोरी : प्रेम सापकोटा “सोनु“ – कठोर मान्छे
– सर्बोकृष्ट लोकदोहोरी मोडल पुरुष : बिमल अधिकारी – निरिमायाको
– सर्बोकृष्ट लोकदोहोरी मोडल महिला : स्मारिका ढकाल – चरी बासैमा
– सर्बोकृष्ट नवगायक लोकदोहोरी : राजन सुवेदी – रानी बनमा फुल
– सर्बोकृष्ट नवगायिक लोकदोहोरी : व्र्खा पौडेल – माया साह्रै छ
– सर्बोकृष्ट गायक आधुनिक : शिव परियार – निर्लज
– सर्बोकृष्ट गायिका आधुनिक : अनामिका चैलागाइ – ओइ माया ओइ
– सर्बोकृष्ट शब्द आधुनिक : राखी गौचन – निर्लज
– सर्बोकृष्ट संगीत आधुनिक : शंकर थापा “स्माइल “ – निर्लज
– सर्बोकृष्ट मोडल पुरुष आधुनिक : श्रीदेब भट्टराई – ओइ माया ओइ
– सर्बोकृष्ट मोडल महिला आधुनिक : रोशनी कार्की – चोटैचोटको जिन्दगी
– सर्बोकृष्ट सांगीत संयोजन : कृष्ण लामिछाने – ए सैया
– सर्बोकृष्ट कोरियोग्राफर : राजाराम सिंखडा – घुमौ रामेछाप
– सर्बोकृष्ट भिडियो छायांकन : सन्तोष तिमल्सिना –
– सर्बिकृष्ट भिडियो सम्पादन : रोशन धिताल – फास्ट लभ