सन्जु र विनोदको थाहै नपाई सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं २७ वैशाख

लोकदोहरी गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनिसकेकी गायिका सन्जु न्यौपाने र विनोद गजमेरले युगल स्वरमा नयाँ लोक दोहरी गीत ‘थाहै नपाई…’को भिडियो सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई सन्जु न्यौपानेकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो गीतमा शब्द, संगीत अनिश दवाडीको रहेको छ । जसमा संगीत संयोजक बिनोद बाजुरालीले, मिस्किङ माष्टरिङ खड्क बाजुरालीले गरेका छन् ।

यो गीतको भिडियोमा जुन गुरुङ र भीम बिकको अभिनय रहेको छ । गीतको भिडियोको छायांकारमा करण चैसिर, सम्पादकमा दिपक विष्ट र निर्देशकमा विशाल घिमिरेको रहेका छन् ।