ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ बैशाख
हिजो शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले आज शनिबार बिहानबाटै उत्साहजनक व्यापार छ । काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्सदेखि एकल हलमा समेत धेरै हल हाउसफुल छन् । बिहानको सोमा अक्युपेन्सी ८० प्रतिसत देखि हाउसफुल सम्म रहेको थियो । मध्यान्न पछिको शोहरु पनि त्यत्तिकै राम्रो छ । अञ्जिला पछि यो चलचित्रको व्यापार उत्साहजन छ । पहिलो दिनको सफलता देखेर देशभरका धेरै हलहरूले शनिवारका लागि शो सङ्ख्या बढाएका छन् । चलचित्र हाल ३०० भन्दा बढी हलमा प्रदर्शन भइरहेको छ ।
शुक्रवार बिहानैदेखि सुरु भएको दर्शकको यो चाप राती अबेरसम्म कायम रह्यो । अधिकांश हलहरूमा प्रायः शोहरू हाउसफुल भएका थिए । कलाकारहरूले पनि उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए र प्रतिक्रियाका लागि धन्यवाद व्यक्त गरेका थिए ।
दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्र ‘ऊनको स्वीटर’लाई शुक्रवार र शनिवारको कलेक्सन एकैसाथ सार्वजनिक गरिने बताइएको छ । पहिले नै प्रिमियर शोमा विशिष्ट अतिथि तथा आम दर्शकबाट प्रशंसा बटुलिसकेको यो चलचित्रले नेपाली समाज, संस्कृति र प्रेमकथालाई समेट्ने प्रयास गरेको छ ।
नवीन चौहानले निर्देशन गरेको यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय छ । गीत, ट्रेलर र टिजरमार्फत उत्सुकता जगाइसकेको ‘ऊनको स्वीटर’ले दोस्रो दिनको बिहानै देखिएको दर्शकको साथबाट बक्स अफिसमा अझ सशक्त यात्राको सङ्केत दिएको छ ।