फेशन र्याम्पमा छाएका मोडल रोहन


काठमाडौं, २४ फागुन

२१ बर्षीय रोहन श्रेष्ठ पछिल्लो समय फेशन र्याम्पमा छाएका युवा मोडलका रुपमा चर्चामा छन् । त्यसो त उनी राम्रा ब्याडमिन्टन र फुटबल खेलाडी पनि हुन् ।

सफल मोडल बन्नु नै आफ्नो लक्ष्य रहेकाले मोडलिङमा लागेको रोहनले बताए । उनले आधा दशक अघि म्यागेजिनका लागि फोटोसुटबाट मोडलिङ यात्रा सुरु गरेका हुन् ।


रोहनले सन् २०१४ को ‘मिस्टर एन्ड मिस राजधानी’ मा बेस्ट पर्सनालिटीको उपाधि जितेका थिए । यो क्रममा उनले धेरै ओटा प्रोडक्टको पिक्चर मोडलिङ र धेरै ओटा फेशन शुट समेट गरिसकेका छन् ।

चार वर्ष अघिबाट उनी र्याम्पमा फेशन मोडलका रुपमा उत्रिएका हुन् । फेशन र्याम्प शो भनेपछि भुतुक्कै हुने रोहनसँग यस्ता र्याम्प शोको थुप्रै अनुभव छ ।
रोहनले न्यु इयर फेशन शो, क्रिशमस फेशन रनवे, सिटी सेन्टर फेशन शो लगायत दर्जन भन्दा बढी फेशन शोहरुमा आफुलाई र्याम्पमा प्रस्तुत गरिसकेका छन् ।

धेरै व्युटीपेजेन्टहरुको इभेन्टहरुमा आयोजक सदस्यका रुपमा काम गरिसकेका रोहनले अध्ययन र मोडलिङ यात्रालाई संगै अघि बढाएका छन् ।

बिबिएस चौथो बर्षमा अध्ययनरत रोहन मोडलिङ करिअरलाई निरन्तरता दिने र अन्तराष्ट्रिय स्तरको मोडल बन्ने योजना सुनाउँछन् । त्यसो त उनी कुशल मोडलसँगै सफल उद्यमी बन्ने पक्षमा छन् ।

 

तस्बिर सौजन्य – सिटी सेन्टर, कमलपोखरी

प्रस्तुती–जयन सुब्बा मानन्धर
मोडल–रोहन श्रेष्ठ
मेकअप –मानसी तामाङ
हेयर स्टाईल–लेलनी गुरुङ
तस्बिर– रवी श्रेष्ठ