रिलिज भएको १५ मिनेटमै नरसिँहा अवतारको ट्रेलर ट्रेन्डिङमा


नरसिँहा अवतारको ट्रेृलरमा राजेश हमालसहित अरु कलाकारको कामले अहिले खुबै प्रशंसा पाएको छ । चलचित्रको ट्रेलर रिलिज भएको ६ घन्टामै युट्युव नेपाल ट्रेन्डिङको चलचित्र सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।                                       ………………………………………………………………………………………………………………………………….

ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ बैशाख

अभिनेता राजेश हमालले ८ वर्ष पछि अभिनय गरेको चलचित्र नरसिंँहा अबतार यही जेठ ९ गतेबाट नेपालमा रिलिज हुने भएको छ । यसै क्रममा चलचित्र नरसिँहा अवतारको बिहिबार बेलुका काठमाडौँमा एक समारोहबिच ट्रेलर रिलिज गरिएको छ । ट्रेृलरमा राजेश हमालसहित अरु कलाकारको कामले अहिले खुबै प्रशंसा पाएको छ । चलचित्रको ट्रेलर रिलिज भएको १५ मिनेटमै ट्रेन्डिङमा परिसकेको छ ।  ट्रेलर रिलिज भएको ६ घन्टामै युट्युव नेपाल ट्रेन्डिङको चलचित्र सूचीमा पाँचौँ स्थानमा पुगेको छ । यसले ६ घन्टामा दुई लाख ३० हजार भ्युज पनि पाईसकेको छ ।

चलचित्रमा राजेश हमालले एक मिसन पुरुषको भूमिका निर्वाह गरेका छन् । शहरमा परेको अन्यायको विरुद्ध उनी उत्रिएको दृष्य ट्रेलरमा समेटिएको छ । राजेश हमालकै पुरानो चलचित्र आर्जुनको ‘हे’ भन्ने सम्वाद चलचित्र नरसिँहा अवतारमा पनि प्रयोग गरिएको छ । यो सम्वादले दर्शकलाई उत्साहित बनाएको छ ।

यसमा राजुविक्रम थापाको छायांकन ससक्त देखिएको छ । चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । यो चलचित्रमा राजेश हमालसँगै सरोज खनाल, निर शाह, राज कटवाल, नीति शाह, प्रशान्त ताम्राकार, सनिसा भट्टराई, उषा खड्गी, रमेश चन्द सोडरीलगायतको शिर्ष भूमिका छ । चलचित्रमा शम्भुजीत बासकोटा र अर्जुना पोखरेलको संगीत छ । यो फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी छ ।

ट्रेलर रिलिज समारोहमा अभिनेता राजेश हमालले चलचित्रमा आफुलाई निकै तन्नेरी देखिएको भन्दै खुसी व्यक्त गरे । ८ वर्षपछि चलचित्रमा काम गर्ने क्रममा धेरै कुरा अनौठो र रमाईलो लागेको पनि उनले बताए । दिवाकर भट्टराईले निर्देशन गरेको यो चलचित्रमा दिवाकरले आफुलाई फिल्म खेल्न धेरै कर गरेपछि बल्ल खेलेको र आफुले सुरुमा फिल्म खेल्न नमानेको पनि राजेश हमालले बताए ।