ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख
नयाँ गीत ‘राख मनैमा’को भिडियो सार्वजनिक भएको छ । यो गीत शान्तिश्री परियार र शिवम् भण्डारीको स्वरमा रहेको छ ।
गीतमा दिवस नाथ र शिवमको शब्द रचना, शिवमकै संगीत र श्यामश्वेत रसाइलीको मिक्सिङ एवं माष्टरिङ रहेको छ । मौसम हिमालीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा जुना विश्वकर्मा र दिवसको अभिनय छ ।
गीतमा आफूले माया गरेको मान्छेलाई मनैमा राख्न आग्रह गरिएको छ । लोकल टिपिकल शब्द रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि राम्रो बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत श्रोता÷दर्शकमाझ ल्याएका छौ सबैले मन पराइदिनुहुनेमा आशावादी छौ’, दिवसले भन्नुभयो ।
नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको दृश्य सम्पादन एवं कलरिङ छ । भिडियो दिवसको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।