ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ वैशाख
आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) विभिन्न ४० विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा शनिबार बेलुका काठमाडौँमा यो अवार्ड सम्पन्न भएको हो । आयोजना गरिएको थियो ।
बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीत रजत सम्मान संगीतकार शुरेश अधिकारीलाई, संगीत पत्रकारिता पुरस्कार करिष्मा केसीलाई प्रदान गरियो । यस्तै कलाकार उत्तम केसी, संचारकर्मी राज श्रेष्ठ, संगीतकार केशव पौडेल, गीतकार÷पर्वतारोही पुरुषोत्तम सानु , युवा उद्यमी सुरेश कार्की र लोक गायक शुशिल ज्ञवाली तथा गायिका अनिता कुँवर लगायत कार्यक्रममा सम्मानित भए । कार्यक्रममा नेपाली सहित विभिन्न ७ भाषाका गीत संगीतलाई ४० विधामा अवार्ड प्रदान गरियो ।
अवार्ड समारोहमा सर्वोत्कृष्ट दोहोरी शब्द निश्चल दवाडीः कस्मीरे पच्छ्यौरी, सर्वोत्कृष्ट दोहोरी लयशान्त शिशिरः बेसारे माया,सर्वोत्कृष्ट दोहोरी गायक, हेमन्त कान्छा रसाईलीः पशुपतिमा शिवजी, सर्वोत्कृष्ट नव गीतकार, रोहन पौड्यालः तिमि रिसाउनु मै फकाउला,सर्वोत्कृष्ट नवगायक, सन्तोष कुमार तामाङः कसले बनायो पैसा ले अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट नवगायिका, निरुता राईः आउ आउ,सर्वोत्कृष्ट ध्वनी मिश्रण प्रकाश मिश्रः थाहै थिएन दिल,सर्वोत्कृष्ट एरेन्जर, रिदम कँडेलः अधुरो सपना–२,सर्वोत्कृष्ट भिडियो निर्देशक, प्रकाश धितालः गन्र्दव बाहुन,सर्वोत्कृष्ट कोरियोग्राफर, पुनम श्रेष्ठः आउ आउ बोलको गीतबाट अवार्ड पाउन सफल भएका थिए ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ मा सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड गायिका मिलन नेवारले आँखाको नुर बोलको गीतमार्फत प्राप्त गरिन भने दोहोरी गायिका तर्फ गायिका सिमा थापाले सर्वोत्कृष्ट दोहोरी गायिकाको अवार्ड दामौलीमा गेट बोलको गीत मार्फतसिमा थापालाई प्रदान गरिएको थियो । उक्त समारोह सर्वोत्कृष्ट राष्ट्रिय भाव,राम प्रसाद अवस्थीः उठौं जनता उठौं, सर्वोत्कृष्ट गजल, गीता सापकोटा हुमागाईः किन, सर्वोत्कृष्ट आधुनिक गीतकार,जि.एम दिपु दिपेन्द्रः महँगो भो तिम्रो माया,सर्वोत्कृष्ट लोक/पप गीतकार,लिला राज काम्वाङः छुट्ने वेला, ,सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार,राजन राज शिवाकोटीः माया गर्न जान्यो मायाले,सर्वोत्कृष्ट आधुनिक गायक सौगात जंग थापाः तिमि आदत बन्यौ,सर्वोत्कृष्ट लोक÷पप गायन, शोभा पाण्डेः डल्ले खुर्सानी, सर्वोत्कृष्ट युगल गायन साईराज खाती/मुना ठटालः छुट्ने बेला ले अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
त्यसैक्रमा सर्वोत्कृष्ट छायाँकार, उत्सव दाहालः आमा ए आमा,सर्वोत्कृष्ट सम्पादक, राजेश कुमारः सुनौली कोल, सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष, एलपी शर्माः मनमा पर्यो चोट तथा सर्वोत्कृष्ट आधुनिक मोडल महिला पवित्रा शाँखीः भुल्नै गाह्रो भो वाट अवार्ड पाएका थिए भने सर्वोत्कृष्ट दोहोरी मोडल पुरुष सुधिर श्रेष्ठः सानै छु भेना, सर्वोत्कृष्ट दोहोरी मोडल महिला,सुजिना गोलेः दर्पण बनाई हेर्छु, सर्वोत्कृष्ट नवमोडल पुरुष, कुन्दन गुप्ताः हामी छुट्ने दिन तथा सर्वोत्कृष्ट नवमोडल महिला,निरुता बिष्टः मलाई त तिम्रो भर पर्नु छ ले अवार्ड प्राप्त गरेका थिए ।
कार्यक्रममा भाषाभाषि तर्फ सर्वोत्कृष्ट नेपाल भाषा गीतकार, सुरजबीर बज्राचार्यः नक्कलीम्ह मयजु, सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार,सानुबाबु महर्जनः मस्यु जित छुजुछुजु, सर्वोत्कृष्ट नेपाल भाषा गायन, राजकुमार मानन्धरः दः पिनि द्यः ब्वय्कि, सर्वोत्कृष्ट नेपाल भाषा मोडलिङ, सुदित श्रेष्ठः कतांमरिया रुप छंगु, सर्वोत्कृष्ट नेपाल भाषा निर्देशन, दर्शनबीर शाक्यः नाप च्वने मदुसां बाट अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट मैथली गीत, विरेन्द्र झाः मिथिला धाम, उत्कृष्ट तामाङ सेलो, सन्जोक योन्जनः मायामा नेल, सर्वोत्कृष्ट भाषाभाषी गीत, पुनित कुमार बंशलः जै जनम भौम (मारवाडी भाषा)ले अवार्ड प्राप्त गर्न सफल भएका थिए । त्यस्तै भाका तर्फ सर्वोत्कृष्ट काँठे गीत, सुजता के.सीः आलु तामाले र सर्वोत्कृष्ट डेउडा गीत, महेश कुमार औजीः ए ईजु गैग्यो परान बाट पाएका थिए ।
कार्यक्रममा सर्वोत्कृष्ट डायस्पोरा अवार्डवाट (मोडल), प्रतिक्षा लिम्बुः छुट्ने बेला, सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन सुभद्रा श्रेष्ठलाई प्रदान गरियो कार्यक्रममा मेनुका थापाले उठ उठ्नै पर्छ बाट सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) अवार्ड प्राप्त गरिन् भने सर्वोत्कृष्ट लोक/पप गीतकार (जुरी), डि.पी खनालः बुझे हुन्छ कुरा (लोकपप), उत्कृष्ट डायस्पोरा (गायिका), निता आचार्यः चुपचाप, सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार (ईन्करेजमेन्ट), द्रोण पराजुलीः सुचना र प्रविधि यो, सर्वोत्कृष्ट लोक÷पप गायन (जुरी), अर्जुन खरेलः दुई चुल्ठी, सर्वोत्कृष्ट दोहोरी शब्द (पब्लिक च्वाइस अवार्ड), किस्ना आचार्य (रोशनी)ः निरि मायाको, सर्वोत्कृष्ट दोहोरी मोडल महिला (जुरी), अस्मिता पुरीः फुल माया बोलको गीतबाट अवार्ड प्राप्त गरेका थिए ।
कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक मोडल महिला (जुरी) मोडल जुना कार्कीले झरी बोलको गीबाट प्राप्त गर्दा कैलाश कठायतले बोली झर्कै छ बोलको गीतबाट सर्वोत्कृष्ट नवमोडल पुरुष (पब्लिक च्वाईस) अवार्ड प्राप्त गरे । त्यसैगरी सर्वोत्कृष्ट ,मैथली गीत (जुरी), डा.पूनम सिन्हाः मेघ मलहार, सर्वोत्कृष्ट तामाङ सेलो (पब्लिक च्वाईस), टिका बमजन, तामाले बोली फेर्दैन, सर्वोत्कृष्ट गायक ईन्करेज्मेन्ट अवार्ड विशाल सोनीलाई कामीदाईको घनठोकाई र सर्वोत्कृष्ट नवगायक जुरी अवार्ड, सुरज गुप्ता, पिलेन उडाउने लाई प्रदान गरिएको थियो ।
कार्यक्रमको निर्णायकमा संगीतकारहरु जुगल डंगोल, सन्तोष श्रेष्ठ, निर्देशक विजयरत्न तुलाधर, पत्रकार तुलसी गिरी “भावुक”, संगीत संयोजक साहस शाक्य, लोक गायक अमृत खाती, मोडल राज टाईगर, निर्देशक केशव राज भट्ट थिए । जुरी ब्यवस्थापमा पिम नेपालका उपाध्यक्ष शंकर थापा ‘स्माईल’ र भिडियो तर्फ निम अवार्डका ब्यवस्थापन प्रमुखमा सनम कठायत थिए ।