रुपेशको चलचित्रमा पुजा अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ बैशाख

चलचित्र रावायण रिलिजपछि फुर्सदमा रहेकी अभिनेत्री पुजा शर्मा यतिबेला नयाँ चलचित्रमा अनबुन्धत भएकी छिन् । गतबर्ष रिलिजमा आएको उनको चलचित्र ‘दान्भी’का निर्देशक रुपेश तामाङले आफ्नो निर्देशनमा बन्ने नयाँ चलचित्रमा पुजा शर्मालाई अनुबन्धित गरेका छन् ।मल्टिस्टारर कलाकार लिएर एक्सन प्रधान चलचित्र बनाउने तयारीमा रहेको उनले बताएका छन् । यसै क्रममा रुपेशले पूजालाई उनकै जन्मदिनको दिनको अवसर पारेर नयाँ चलचित्रमा अनुवन्धित गरेका हुन् ।

फिल्ममा पूजा फाइनल भएपछि रुपेश भन्छन्–‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौं । यसपटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिश गर्नेछु ।’

नायिका शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्,‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ ।’

निर्देशक रुपेशका अनुसार, यसपटक फिल्ममा कलाकारहरु सरप्राइज हुनेछन् । केही दिनमै फिल्मको नाम विकास बोर्डमा दर्ता गरेरपछि मात्र नाम सार्वजनिक गर्ने रुपेशले बताए । फिल्मलाई सुमन गजमेरले लेखिरहेका छन् । केही महिनापछि फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।