ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ बैशाख
गायक रोशन टमाटा र गायिका प्रेणा सिंहको युगल स्वरमा रहेको देउडा गीत तमै फुलीमा…को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
यो गीतको भिडियोलाई मिराज विक्रम सिंहले निर्देशन गरेका हुन् । मिराजकै शब्द रहेको यो गीतमा रोशन टमाटाको संगीत छ । गीतलाई दीपक संगम विसीले मिक्सिङ/माष्टरिङ गरेका हुन् ।
राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जिसीलगायतको अभिनय छ । महेश महाराको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।