ग्रामिण चलचित्र महोत्सवमा अञ्जिला उत्कृष्ट चलचित्र, जीतु उत्कृष्ट अभिनेता


ब्युटी न्युज नेपाल
रसुवा ७ बैशाख

शनिबार रसुवको धुन्चेमा सम्पन्न ‘चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा नेपाली चलचित्र अञ्जिला उत्कृष्ट चलचित्र भएको छ भने अभिनेत जीतु नेपालले चलचित्र ‘ज्वाईँ साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका छन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकोरी घोषित भइन् । उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन् । यस्तै उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले चलचित्र अञ्जिलाबाट जितेका छन् । उत्कृष्ट चलचित्रको अवार्ड चलचित्र अञ्जिलाबाट निर्माता प्रेम कुमार श्रेष्ठले ग्रहण गरे ।

गोसाईकुण्ड गाउपालिका, रसुवामा गत बैशाख ४ बिहिबारबाट सुरु भई ६ गते शनिबार सकिएको अवार्डमा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट बेष्ट एक्टर (जुरी) अवार्ड प्राप्त गर्दा बेष्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’का रामहरी खड्का, बेष्ट कल्चर फिल्म आप्लेगा नाम्सा’ले र इन्करेजमेन्ट अवार्ड रोनिस खड्का फिल्म प्याकुलीबाट पाए । बेष्ट सर्ट फिल्म ‘म कमरेड ’बाट निर्मल पौडेल, बेष्ट डकुमेन्ट्री ‘माझी’बाट सबिर श्रेष्ठले पाए ।

फेस्टिभलमा बेष्ट सम्पादक भरत रेग्मी फिल्म ‘पूजार सार्की’, बेष्ट छायांकन शिवराम श्रेष्ठ फिल्म ‘बोक्सीको घर’, स्पेशल जुरी मेन्सन अवार्ड ऋषिराजा आचार्य फिल्म ‘द्रौपदी’बाट र जुरी अवार्ड निर्देशक बसन्त निरौला फिल्म ‘ज्वाईँ साब’बाट पाए । बेष्ट भिज्युअल इफेटको अवार्ड चलचित्र ‘बोक्सीको घर’बाट मनोज श्रेष्ठले जिते ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, र गोसाईंकुण्ड गाउपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतलाई अवार्ड तथा प्रमाण पत्र प्रदान गरे ।

तीन दिनसम्म निरन्तर आयोजना भएको कार्यक्रममा साना र ठुला गरेर २२ फिल्म प्रदर्शन भयो । दर्जनौ चलचित्रकर्मी र रंगपत्रकारको समेत सहभागीता महोत्सवको समापन ३० औं वन्यजन्तु सप्ताह, चौंथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता एकसाथ आयोजना भएको थियो ।
नेपाली महिला फुटबल टोलीको क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिला फिल्म प्रदर्शन गर्दै महोत्सव सुरु भएको थियो । पहिलो दिन बैशाख ४ गते ‘अञ्जीला’सँगै ‘पूजार सार्की’, ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो ।

‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालले नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनले महोत्सवले गाउँ गाउँमा चलचित्र संस्कृतिको विकास गर्ने जानकारी दिए ।

कार्यक्रममा रेडियो रसुवाका पत्रकार दिपक लामालाई ५ हजार ५५५ रुपैयाँ सहित ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरणम्’ चलचित्रका निर्माता नविन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । बिगत ४ बर्षदेखि नियमित आयोजना हुदै आएको महोत्सव निरन्तर हुने महोत्सवका अध्यक्ष सापकोटाले बताए ।