आयो मदनको हेलिकप्टर…भिडियो


काठमाडौं, २२ फागुन

आधुनिक गायनमा आफ्नो परिचय बनाएका गायक एवं संगीतकार मदन गोपाल यतीबेला लोक भाका लिएर दर्शकमाझ आएका छन् ।

उनले पूर्वेली लोक भाकामा आधारित गीत हेलिकप्टर…को भिडियो लिएर दर्शकमाझ ल्याएका हुन् । उनले भिडियोलाई युट्युवबाट दर्शकमाझ ल्याएका हुन् ।

 

गीतमा केशव अधिकारीको शब्द र संगीत रहेको छ । गीतमा पाकिस्तानी ईमाद रहमानले संगीत संयोजन तथा प्राविधिक काम गरेका छन् । गायक मदनका अनुसार उनले पाकिस्तानमा गरेका नै गीतको प्राविधिक काम गरेका हुन् ।

यो गीतलाई डान्सिङ भिडियो बनाईएको छ । प्रशान्त तामाङको निर्देशन रहेको भिडियोमा गोपाल आफैंले अभिनय गरेका छन् । भिडियोमा निरोज श्रेष्ठको छायांकन, राजेश शाहको सम्पादन रहेको छ ।

 

हेर्नुस् भिडियो ः