काठमाडौ, २१ फागुन

गायिका रेखा शाह आफ्नो गायन यात्रा २५ वर्ष पुरा गरेको अवसरमा पहिलो पटक एकल गायन कार्यक्रमका साथ मञ्चमा प्रस्तुत हुने भएकी छिन् ।


यही २४ फागुनमा अन्तर्राष्ट्रिय नारी दिवसका दिन दरबारमार्गस्थित होटल याक एण्ड यतीमा
एकल गायन कार्यक्रम लिएर गायिका शाह प्रस्तुत हुदैछिन् ।

यो एकल गायन कार्यक्रममा गायिका शाहले आफ्नासहित अन्य अग्रज स्रष्टाका करिब डेढ दर्जन गीत प्रस्तुत गर्ने छिन् ।

कार्यक्रममा उनले शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, सरोज गोपाललगायतका गायक–गायिकाका कालजयी गीत–गाउने छिन् । उनलाई द लिजेन्ड व्यान्डले वाद्यवादनमा साथ दिनेछ । युगल गायनमा सुरजकुमार थापाले साथ दिने पनि उनले बताएकी छिन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको दिन कार्यक्रम गर्नुको औचित्यमाािथ प्रकाश पार्दै गायिका शाह भनिन्,‘मार्च महिना नारी विशेष । म अझै जेन्डर स्टडीकी विद्यार्थी । त्यो दिन नारीको सम्मानका निम्ति पनि कार्यक्रम गर्दैछु ।’

कमजोर आर्थिक अवस्था भएका बालबालिकाको शिक्षा–दीक्षामा सहयोग गर्दै आइरहेको उनको फाउन्डेसनले सोही दिन राष्ट्र र समाजको उन्नयनमा योगदान दि“दै आइरहेका विभिन्न क्षेत्रका आधा दर्जन नारीहरुलाई नगद र ताम्रपत्रले सम्मानसमेत गर्नेछ ।

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा…’ गीत लेखन÷संगीत तथा गायनबाट आफ्नो सांगीतिक यात्रा प्रँरम्भ गरेकी गायिका रेखा शाह आफ्नो सांगीतिक करियरमै पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुन लागेकी हुन् । उनले स्थापना गरेको सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’ले आयोजना गर्न लागेको यो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको बताईएको छ ।

२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत गायनमा सिमसिमे पानीमा…ले प्रथम स्थान प्राप्त गरेपछि सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका शाह शास्त्रीय संगीतकी विद्यार्थीसमेत हुन् । शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले द लाइन, आकृति, स्मृतिजस्ता एल्वमहरु प्रकाशन गरेकी छिन् । ‘तिमीलाई केही हु“दै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखू“ भने’ लगायतका उनका गीत चर्चित छन् ।