ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ
‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ । अवार्ड समारोहमा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो ।
ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ मा विभिन्न बिधाहरुमा बिजेता कलाकारहरुलाई अवार्ड प्रदान गरिएको छ । यो अवार्ड लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गरिएको आयोजक पक्षले जनाएको छ ।
सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाका अनुसार भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको बताईन । ईन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४’ यसबर्ष पनि भारतको नयाँ दिल्लीमा भब्य रुपमा आयोजना गरिएको थियो । सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसबर्ष पनि अवार्ड कार्यक्रम भएको हो । अवार्ड कार्यक्रमको लागि मनोनयन फारम खुल्ला गरेर सम्पुर्ण प्रक्रिया पूरा गरि भोटिङ गरेर धेरै भोट आएकालाई बिजयी घोषणा गरिएको थियो ।
सो अवार्ड कार्यक्रममा बिभिन्न ३३ विधामा अवार्ड बितरण गरिएको छ भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिएको आयोजक कमिटीकी अध्यक्ष गायिका राना मगरले बताइन । यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो । जसमा लोक दोहोरी गायिका एबम मोडल रिया रेग्मीले अवार्ड बिजेता बनेकी छन । रियाले रहरै भो गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलमा उनले अवार्ड हाँसिल गरेकी हुन । उनले आफ्ना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै अवार्ड हात पार्न सफल भएकी हुन । कलाकारिताको छेत्रमा प्रवेश गरेको २ वर्षमै रियाले यो अवार्ड लगाएत धेरै सफलताहरु हात पार्न सफल भएकी छन ।
रियालाई बरिस्ठ गायिका शर्मिला गुरुङ,बरिस्ठ गायक इन्द्र जिसिको हातबाट बेस्ट म्युजिक भिडियो मोडलको अवार्ड बितरण गरिएको थियो । अवार्ड बितरणपछि बिजेताहरुले अझै यस छेत्रमा थप लगनशिल हुँदै अगाडी बढने बताए ।
१३ माघमा भारतको नयादिल्लीमा रहेको प्यारेलाल भवनको आईटीओ मा ख्याति प्राप्त कलाकारहरुको बिचमा सांस्कृतिक कार्यक्रम सहित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
संगीतप्रतिको योगदानलाई विभिन्न विधामा वर्गीकरण गरी पुरस्कृत गर्ने र यस क्षेत्रमा निरन्तर क्रियाशील वरिष्टतम गीत संगीतकर्मी श्रष्टा एवम् प्रस्तोताहरुलाई सम्मान गर्नका लागि नेपाली गीत संगीतकै इतिहासमा यो दोस्रो ईन्डो–नेपाल सूजन म्यूजिक अवार्ड–२०८१ को कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
नेपाली गीत संगीतको संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यले वि.स. २०७० सालमा स्थापना भएको यस सुजन म्यूजिक प्रा.लि. नेपाली गित, संगीतको क्षेत्रमा क्रियाशिल नेपालको सकृय म्युजिक उत्पादक संस्था हो । नेपाली गीत संगीतको उत्पादन तथा प्रकाशनको गौरवमय यात्रामा थुप्रै गीतसंगीतकर्मीसंग सहकार्य गर्दै गीत संगीतका सयौं रचनाहरु भौतिक तथा डिजिटल प्रविधिमा प्रकाशन गरी नेपाली तथा अन्य भाषाभाषीका गीत संगीतको क्षेत्रमा यस संस्थाले छुट्टै योगदानका साथ पहिचान बनाउन सफल भएको छ ।
यस्तो खालको कार्यक्रमले नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज श्रष्टाहरुलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशील गीत संगीतकर्मीहरुको सहकार्यलाई प्रोत्साहन हुने आयोजक कमिटीको अध्यक्ष राना मगरले बताईन ।