दुखी आत्माको ‘जुनी जुनीलाई’ भिडियोमा दया र आँचल


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ

यस अघि चलचित्र ‘दुःखी आत्मा’को पहिलो ब्रेकअप कविता सार्वजनिक गरिएको थियो । यति बेला यो चलचित्रको पहिलो गीत ‘जुनी जुनी भरीलाई’को भिडियो मंगलबार सार्वजनिक गरिएको छ । चलचित्र भने प्रणय दिवसको अबसर पारेर फागुनको २ गतेबाट रिलिजमा आउने भएको छ ।

केतन क्षेत्री र मुना ठटालको स्वरमा यो गीत तयार भएको छ । गीतमा इश्वर कार्कीको शब्द रचना तथा संगीत सृजना रहेको छ । उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन् ।

फिल्मका मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई गीतको भिडियोमा अभिनय गराइएको छ । भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन छ । सार्वजनिक गीत रोमान्टिकको भिडियो पनि शैलीमा तयार पारिएको छ । यो गीतले पनि दर्शकको ध्यान तान्ने आशा गरिएको छ । कोरियोग्राफरले यो गीतको भिडियोमा जुनारलाई सुन्दरसँग समेटेका छन् ।

क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ । फिल्मले रमाइलो तरिकाले गम्भिर विषयवस्तु उठान गरेको निर्माणपक्षको भनाई छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।

यो फिल्ममा दया र आँचलको साथमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।