ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ
पाँच दशक अघि साहित्यकार इन्द्रबहादुर राईको कथामा भारतबाट चलचित्र ’जार’ को निर्माण एवम् प्रदर्शन भएको थियो । फेरी इन्द्रबहादुरको कथा जारलाई चलचित्रको रुपमा निर्माण गरिएको छ । यसैबीच मँगलबार नयाँ चलचित्र जारको प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी २६ वैशाखमा रिलिज हुने भएको छ । निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।
यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, गिताञ्जली थापा लगायतको मुख्य अभिनय रहेको छ । यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार खरिद गरेका छन् भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा अनुबन्ध भएको छ।
सार्वजनिक पोस्टरमा प्रमुख तीन पात्र सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापालाई समेटिएको छ । फूर्वा छिरिङ लामाको निर्देशनमा तयार चलचित्र जारको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । यो फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । झुमा लिम्बु र गंगा थापाको संगीत रहेको यो चलचित्रको छायांकारमा सरवानन इलावार्सु र सम्पादकमा अखिलेश राई छन् ।