२३ फागुनमा होस्टेल ३ आउँने, यस्तो छ फस्ट लुक्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ पुस

नेपाली चलचित्र ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ अब २३ फागुनमा रिलिज गरिने भएको छ । रिलिज मिति घोषणासँगै यो चलचित्रको फस्ट लुक्स (पोष्टर) शुक्रबार सार्वजनिक गरिएको छ । चलचित्रलाई सशान कँडेलले निर्देशन गरेका हुन् ।

पोस्टरमा चलचित्रमा अभिनेता आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङलाई प्रस्तुत गरिएको छ ।

यसको स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी, सह–निर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

यो चलचित्रमा पारस, रिहान, आशिष, पदमसहित सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।