काठमाडौं, २० फागुन

सनुप पोखरेल र कल्याण सिंहको स्वर रहेको गीत मुखौटा…लाई निर्देशक निकेश खड्काले भिडियोमा ल्याएका छन् । भिडियो बैंक लुटेको कथामा आधारित छ । भिडियो हेरिसकेपछि बैंक लुट्न सजिलो रहेछ भन्ने सन्देश जान्छ ।

 

यो गीतको शब्द मनिष बशिष्टको हो । जसमा कल्याण सिंहको संगीत छ । निर्देशक निकेश खड्काले यो भिडियोमा बैंककै कर्मचारीको मिलोमतोमा बैंक लुटेको र इन्सुरेन्स कम्पनीसँग क्षतीपूर्तिको माग गरिएको देखाईएको छ ।

निर्माण र मनोरञ्जनका हिसाबले राम्रो बनेको यो भिडियो सन्देशको हिसाबले गलत छ । भिडियोले बैंक लुट्न र त्यसको क्षतीपूर्ति इन्सुरेन्सबाट लिन सकिन्छ भन्ने सिकाएको छ । भोली यो भिडियोबाट प्रभावित भएर बैंककै कर्मचारीले यस्तो काण्ड नगर्लान भन्न सकिन्न् । भिडियोमा अर्को तर्फ बैंक लुट्ने सबै सहकर्मी साथीको हत्या गरेर लुट्ने नाइके आफु स्वयम् असफल भएकोमा पछुताएको देखाईएको छ । यसले चोरी गरेपछि साथीहरुको हत्या गर्नुपर्छ भन्ने प्रेरणा दिनेछ ।

यो भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङ लगायतको अभिनय छ । बुद्ध तामाङको छायांकन, विकास दाहालको सम्पादन रहेको यो भिडियो राम्रो बनेको निर्देशक निकेशको कथन छ ।

 

यस्तो छ भिडियो –