काठमाडौं, १७ फागुन

नेपाली चलचित्रकर्मीहरु एवं कलाकारले उल्लापूर्वक बिहिबार यस वर्षको फागु पूर्णिमा (होली) मनाएका छन् । उनीहरु फागु खेल्दा तस्बिरमा यस्ता देखिए । कलाकारहरुको होलीको तस्बिर ः

अभिनेता बुबा भुवन केसीसँग अभिनेता अनमोल केसी । आफ्नै घरमा होली मनाउँदै ।

 

हास्यव्यँग्य अभिनेता दीपकराज गिरी र दीपाश्री निरौला नयाँ बानेश्वर स्थित रेडियो आडियोको होली विशेष कार्यक्रममा चलचित्र शत्रु गतेका तर्फबाट होली खेल्दै ।

 

बरिष्ठ हास्यव्यँग्य अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य गायक एवं संगीतकार टिका भण्डारी नयाँ बानेश्वरमा रेडियो अडियोमा होली कार्यक्रममा ।

 

आफ्ना परिवारसँग होली मनाउने क्रममा पिचकारीले पानी छ्याप्दै अभिनेत्री रेखा थापा ।

 

अभिनेत्री करिश्मा मानन्धरको घर गोदावरीमा, करिश्मासँगै रेखा थापा, हास्य अभिनेता निर्मल शर्मा होली मनाउँदै ।

 

अभिनेता शिब श्रेष्ठ, हास्य अभिनेताहरु निर्मल शर्मा, कमल नेपाल, सुनिल कटुवाल अभिनेत्री करिश्मा मानन्धरको घर गोदावरीमा होली कार्यक्रममा ।

 

चलचित्र निर्देशक एवं अभिनेता आकाश अधिकारी पत्नी क्लाउडिया अधिकारीका साथ निवासमै होली मनाउँदै ।