देशुको भिडियोमा अनु र जीवन


 

काठमाडौं, १६ फागुन

बेलायतमा बस्दै आएकी गायिका देशु गोलेले नयाँ गीत ‘तिमीसँग बोल्दैमा…’ को भिडियो दर्शकमाझ ल्याएकी छिन् ।

 

भिडियामा अभिनेत्री अनु शाह र मोडल जीवन भट्टराईले अभिनय गरेका छन् । भिडियामा उनीहरुको प्रेम सम्बन्धलाई प्रगाढ देखाईएको छ ।

अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् । भिडियो छायांकार ज्ञानेन्द्र शर्मा र सम्पादक प्रविण श्रेष्ठ हुन् ।

देशुले तीन महिनाअघिमात्रै ‘यो दिलको राजा’ बोलको गीत सार्वजनिक गरेकी थिइन्,‘दिलको राजालाई जस्तै यो गीतलाई पनि दर्शकले रुचाइदिनुहुनेछ भन्ने अपेक्षा छ,’ यतीबेला काठमाडौंमा रहेकी उनले भनिन्,‘म जहाँ रहे पनि मेरो मन सधैँ नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन् ।’