ब्युटी न्युज नेपाल
काठमाडौं, २४ भदौ
शुक्रबार हरितालिका तीजबाट देशव्यापी रिलिज भएको नेपाली चलचित्र रावायणले शुक्रबार र शनिबार देशभरका सिनेमा हलमा राम्रो व्यापार गर्यो । पल शाह र पुजा शर्माको शिर्ष भूमिका रहेको यो चलचित्र आईतबारसम्म चलचित्र घरमा एडल्ट चलचित्रको रुपमा आएको थियो । अब यो चलचित्र सोमबार २४ भदौबाट पिजी अर्थात प्यारेन्स गाईडेड चलचित्रको रुपमा आउने भएको छ । रावायणको आईतबार पुन सेन्सर गरिएको छ । पुन सेन्सरमा यसले पिजी प्रमाणपत्र पाएको छ ।
अब सोमबारबाट रावायण १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन । २,३ संवादमा बिप र २,३ सट मा ब्लर गरि केन्द्रिय चलचित्र जाँच समितिले सुदर्शन थापा निर्देशित फिल्म रावायणलार्ई पिजी सर्टिफिकेट दिएको हो । यससँगै अब सम्पुर्ण परिवारले एकसाथ बसेर फिल्म हेर्न पाउने भएका छन ।
यसअघि हिंसात्मक दृश्यको प्रशस्त प्रयोग भएको भन्दै केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘रावायण’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको थियो ।
फिल्मको टिजर, ट्रेलर र गीतबाट राम्रै चर्चा बटुलेको फिल्मले हलमा पनि दर्शकको उत्साह जनक साथ पाइरहेको छ ।
सुदर्शन थापा निर्देशित यस फिल्ममा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र पलसहित प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ।