ब्युटी न्युज नेपाल
आँबुखैरेनी, ८ भदौ
शुक्रबार बिहान ११ बजेतिर तनहुँको ऐनापहाडको मोडमा भएको भारतीय वस दुर्घटनामा मृतकको सँख्या २७ जना पुगेको छ । बाँकी १६ जनाको उपचार भाईरहेको छ । उनीहरु भैरहवा, पोखरा हुँदै पशुपतिनाथसम्म यात्रामा निस्किएका भारतीय पर्यटक थिए । दुई वटा बसमा ९६ जना आएकोमा एउटा बस दुर्घनामा परेको हो । जसमा ४३ जनासवार थिए ।
उनीहरु चार धाम (बद्री, केदार, गया, काशी) घुमेर फर्किएपछि नेपाल घुम्न निस्किएका ९६ जनाको टोली पोखरा आइपुगेको थियो । नेपालको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथदेखि पशुपतिनाथसम्म दर्शन गर्ने योजनाअनुरुप यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । मृतक र घाईतेहरु यसप्रकार छन् ।
१. वर्ष ४५ का सुहास प्रभाकर राणे
२. वर्ष ४२ की सरला सुवास राणे
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे
४. वर्ष ६२ का तुक्सीराम तायडे
५. वर्ष ४५ की मंगला विलास राणे
६. वर्ष ६० का सुधाकर वकीराम जावके
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९. वर्ष ६० की भारती प्रकाश जावके
१०. वर्ष ५० को संदिप राजाराम सरोदे
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३. सुलभा पाण्डुरंग भारंवे
१४. मिनल गणेश भारंवे
१५. वर्ष ६ की परी गणेश भारंवे
१६. नीलिमा चन्द्रकान्त जावके
१७. वर्ष ४४ को पंकज भगवन भंगाके
१८. अनिता अविनाश पाटिल
१९. मुर्तीजा खान
२०. वर्ष २८ को अनुप सरोजे
२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे
२२. वर्ष ६२ की सुल्क वारमे
२३. रुपाली हेमराज सरोजे
२४. गोकर्णी सन्दीप सरोदे
२५. वर्ष १६ की सदना सुहास राय
२६. सरोज मनोज भिरुक
२७. एकजनाको सनाखत हुन बाँकी
काठमाडौंमा उपचाररत घाइते
१. ६० वर्षीय सुनील झाण्डे
२. ४५ वर्षीया भारती पटेल
३. ३२ वर्षीय अविनाश पटेल
४. ४५ वर्षीया रेखा कोटी
५. ५५ वर्षीय न्यारेश्वर नोन्डे
६. ५८ वर्षीय आनन्द इक्ले
७. ६० वर्षीया आशा पाण्डुरा पटेल
८. ६० वर्षीया शारदा पटेल
९. ५५ वर्षीय प्रवीण पटेल
१०. ५६ वर्षीय हेमराज सरौती
११. ५८ वर्षीया आशा बोन्डे
१२. ४३ वर्षीया रूपाली सरौदी
१३. ५६ वर्षीय हेमराज सरोद
१४. ४५ वर्षीय सिम अनन्तास्कन्डे
१५. ६७ वर्षीया कुमोदिनी झाप्रे
१६. ४२ वर्षीय नेलिमा घेरोङ