११ वर्षीय गायक अधिश्रीको मन छुने भिडियो


काठमाडौं, १५ फागुन

 

११ वर्षीय गायक अधिश्री कसपालले छोरी अन्माउँदा…गीतको भिडियो मँगलबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेका छन् ।

 

गीतमा सुरेश अधिकारीको संगीत र सुभाषचन्द्र ढुंगेलको शब्द छ ।
छोरीलाइ विवाहमा अन्माउँदा एक पिता भावुक भएको दृष्य भिडियोमा उतारिउको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई धिरजजंग शाहले छायांकन र प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । भिडियोमा सरोज खनाल र वर्षा शिवाकोटीले मोडलिङ गरेका छन् ।

 

 

भिडियो रिलिज कार्यक्रममा अधिश्रीका हजुरबुवा बाबुकाजी कसपालले नातिको प्रतिभा देखेर आफूलाई गर्व लागेको बताए । गीतका संगीतकार सुरेशले सुभासचन्द्रको गीत हेर्दा फरक धारको पाएको बताउँदै आफूले गहिरो र गम्भीर किसिमको संगीत प्रयोग गरेको बताए । उनले गीत सार्वजनिक गर्दा गायक अधिश्रीका लागि भन्दा पनि आफ्ना लागि जाँच दिएको परीक्षार्थी जस्तै बनेको जिकिर गरे ।

 

संगीतकार, गायक दीपक जंगमले अधिश्रीको गायनको चर्चा गर्दै आफ्नो समयमा बाल्यअवस्थामा गीत गाउनु निकै चुनौतिपूर्ण रहेको स्मरण सुनाए । तर अहिले समय फेरिएकाले परिवारको सहयोगले गायक गायिकालाई संगीतमा आउन सजिलो भएको उनको कथन थियो ।

 

कार्यक्रममा अधिश्रीले छोरी अन्माउँदा… र अरुलाई निचो देखाउन खोजेर… बोलको गीत गाएका थिए । गीत अरुलाई निचो देखाउन…मा हरि लम्सालको संगीत र सुवासचन्द्रको शब्द छ ।