हेलिकोप्टर दुर्घटनामा पाँचै जनाको निधन, शब काठमाडौंमा ल्याईँदै


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ साउन

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा भएको दुर्घटना भएको छ । सो दुर्घटनामा चालक र चार चिनियाँ यात्रुसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर सो स्थानमा दुर्घटनामा परेको हो ।

सो दुर्घटनामा परी हेलिकप्टर क्याप्टेन अरुण मल्ल, सहित हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष)को मृत्यु भएको छ ।

हेलिकप्टर दुर्घटनासँगै आगलागी भएको शिवपुरी थियो । दुर्घटनाग्रस्त क्षेत्रमा कुहिरो लागेको थियो भने सूर्यचौर नजिकैको जंगलमा पुगेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि ५ जनाको शव खोचजस्तो स्थानबाट प्रहरी तथा सेनाले उठाएका छन् । प्रतिकुल मौसमकै कारण जहाज दुर्घटना भएको अनुमान गरिएको छ ।

दुर्घटनालगत्तै नजिकै रहेको शिवपुरी ब्यारेकबाट नेपाली सेनाका साथै स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली उद्धारका लागि पुगेको थियो ।

एयर डाईनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त एयर डाइनेस्टीको सो हेलिकप्टर लुक्लाबाट फर्किए लगत्तै रसुवा उडेको थियो । कम्पनीका म्यानेजर बालकृष्ण पण्डितका अनुसार दुर्घटना हुनुअघि ९एन एजेडी हेलिकप्टर लुक्लाबाट काठमाडौँ आएको थियो । सबै कण्डिसन राम्रो रहेकै अवस्थामा हेलिकप्टर १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याप्रुबेसी उडेको थियो ।