गाउँ आएको बाटोको प्रिमियरमा सहभागी हुन हाईडी आईन नेपाल


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ

चलचित्र ’गाउँ आएको बाटो’ यही २५ जेठमा नेपालमा रिलिज हुँदैछ । यो चलचित्रमा संगीतकार हाइडी लीको पाश्र्व संगीत छ । यो चलचित्रको नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली यतिबेला नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यो चलचित्रको बुधबार काठमाडौंमा प्रिमियर शो गरिने भएको छ ।

यो चलचित्रको एउटा गीत पाश्र्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी सिनेमाको गीतमा संगीत भर्न नेपाल आएकी थिइन् ।
सिनेमा गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् । यो उनको तेस्रो नेपाल भ्रमण हो । हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै सिनेमाको गीत तयार पारेकी छन् ।

सिनेमा छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन् । सिनेमाको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ । उनी आफूले संगीत गरेको नेपाली सिनेमाको प्रतिक्रिया लिन उत्साहित छिन् ।

’यो सिनेमा धेरै अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा देखायौं । यो सिनेमा जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर सिनेमा हेर्न निकै उत्साहित छु, ’हाइडीले भनिन्, ’म नेपाली होइन । तर, पनि मैले नेपालको यस्तो सिनेमामा संगीतदेखि पार्श्व ध्वनीमा काम गरें । मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।’