संगीतकार शान्त शिशिरको आयो बेसारे मायाँ…


ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

लोक दोहोरी सँगीत क्षेत्रमा शान्त शिशिर चर्चित संगीतकार हुन् । यिनै शान्तले आफ्नो संगीतमा नयाँ गीत ‘बेसारे मायाँ…’ को भिडियो दर्शकमाझ ल्याएका छन् । शान्त शिशिरले यो गीतलाई आफनै अफिसियल युट्युव च्यानल ‘शान्त शिशिर अफिसियल’बाट सार्वजनिक गरेका हुन् ।

यो गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् । गीतलाई नविनबाबु विश्वकर्माले रचना गरेका हुन् । गीतको लयसँगै संगीत शान्त शिशिरको हो । यो लोकदोहोरी भाकाको गीतलाई बिक्रम परियार र अन्जु विश्वकर्माको युगल स्वरमा रेकर्ड गरिएको छ ।
दुई दिन अघि रिलिज भएको यो गीतले यतिबेला दर्शकबाट राम्रो प्रतिक्रिया पाएको संगीतकार शान्त शिशिरले बताए,‘गीत र भिडियो दुबै राम्रो बनेको प्रतिक्रिया दर्शकबाट पाउँदा खुसी लागेको छ ।’ उनले भने ।

यो गीतको भिडियोको पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । जसमा काजिससँगै सुष्मा कुँवर, सञ्चिता शाही र शान्त शिशिर आफैंले अभिनय गरेका छन् । ‘बेसारे मायाँ…’मा रक कौशलको छायाँकन, दीपक बिष्टको सम्पादन तथा रँग संयोजन, श्वेता मगरको सृँगार रहेको छ । नृत्य प्रधान यो लोक दोहोरी गीतको भिडियोलाई काजिश आफैंले कोरियोग्राफी गरेका हुन् ।

बिगतमा प्युठान बाग्दुला…, हरपल तिमै…,माछी लेउमा…, करिम…, सुगन्ध…, खोली तरेत…जस्ता थुप्रै हिट गीतको संगीत सृजना गरेका शान्त लोक दोहोरी संगीतमा चलेका संगीतकार हुन् । यिनै संगीतकारले यतिबेला बेसारे मायाँ…गीतको भिडियो आफ्नो संगीतमा सार्वजनिक गरेका हुन् ।