फ्यान्टासी जनराको फर्की फर्कीलाई युनिभर्सल प्रमाणपत्र


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ फागुन

अभिनेता अनमोल केसीको महत्वकाँक्षी चलचित्र ‘फर्की फर्की’ले सेन्सरबाट प्रदर्शनको लागि अनुमति पाएको छ । सोमबारबाटै यो चलचित्रको अग्रीम टिकट बुकिङ खुल्ला भएको थियो भने सोही दिन यसलाई सेन्सर बोर्डले पास गरेको हो । सिनेमाले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएको छ ।

यो चलचित्रलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्नेगरी युनिभर्सल प्रमाणपत्र पाएको यसका निर्माता रोहित अधिकारीले बताएका छन् । बुद्धजयन्तीको अबसरमा यो चलचित्र यही १० जेठबाट देशव्यापी रिलिज हुने भएको छ । यो सिनेमाले देशभरका सिनेमा हलमा करिब दुई सय आसपासमा शो पाएको यसका निर्माता अधिकारीले बताए ।

चलचित्रका अभिनेता अनमोल केसीले यो चलचित्रमा आफु ‘मोडर्न इरा’को एक अलौकिक पात्रको रुपमा प्रस्तुत हुन लागेको बताएका छन् । टाईम लुप सुत्रमा निर्माण भएको चलचित्रले ‘टाईम ट्राभल’को कथा उठाएको पनि अनमोलले बताए । उनका अनुसार यो फ्यान्ट्यासी जनरामा निर्माण भएको चलचित्र हो । जुन दर्शकलाई नयाँ स्वाद लाग्नेछ ।

यो चलचित्रमा सुयोग गुरुङले लेखन तथा निर्देशन रहेको छ । उनी चलचित्र सानो मनबाट नेपाली चलचित्र निर्देशनमा आएका हुन् । यो चलचित्रमा अभिनेता अनमोल र र अभिनेत्री जसिता गुरुङ जोडीको रुपमा प्रस्तुत भएका छन् । यी दुई सहित चलचित्रमा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याललगायतको मुख्य भूमिका छ । यो चलचित्रमा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्र फर्की फर्कीका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । यसको सह–निर्मातामा मनोज ओली र रामु न्यौपाने छन भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता हुन् ।

यो चलचित्र नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ । शंकर पाण्डे यसका प्रोडक्सन म्यानेजर हुन् । यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।