सुरीको लालगेडीमा बेनिषा


काठमाडौं, १२ फागुन

कलाकार सुरी राई र पियुष कुँवरले आफ्नो नयाँ गीत लालगेडी… को भिडियो रिलिज गरेका छन् । उनीहरुको यो गीत गीतिसँग्रह सुरीमा थियो । गीतको शब्द सानो दिल र संगीत भानुभक्त ढकालको हो ।

यो गीतको भिडियोमा पियुषसँगै बेनिशा हमालले अभिनय गरेकी छन् । गीतमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

 


यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका हुन भने बुद्ध लामा एण्ड टिमकोे छायाँकन रहेको छ । विकास धमलाको सम्पादन रहेको छ ।

सुरी राईको गीतिसँग्रह सुरीमा पाँच ओटा गीत संग्रहित छन् । जसमा लालगेडी…सँगै यसमा सुरी… , को हो त्यो…, तिम्रो आगमनले… र मन भरि बेदना… गीत छन् । यसमा सुरीकै स्वर रहेको छ भने लालगेडीसँगै सुरीमा पियुषले साथ् दिएका छन् ।

यसमा सानो दिल , रवी मल्ल , कमल मल्ल , सुरी र मनोज आचार्यको शब्द रहेको छ । यसमा भानुभक्तसँगै कल्याण सिंह, न्हू बज्राचार्य र कर्ण दासको संगीत छ ।

गायिका सुरीले गीतबारे भनिन्,‘गीतसंगीत प्रति सानै देखि लगाव थियो तर यसलाई अगाडी बढाउँन् सकेको थिएन । अब भने त्यो मौका पाएकी छु , आश छ मेरो अभ्यासले मलाई अगाडी बढाउछ ।’