भुवन सुप्तिङको तीन तारामा बुद्धी र रजनीको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ चैत

पछिल्लो समय अमेरिकामा रहेर संगीत सृजना गर्दै आएको भुवन सुप्तिहाङ राईले आफ्नो संगीतमा नयाँ गीत ‘तीन तारा तीन तिर…’को भिडियो बजारमा ल्याएका छन् । यो गीत अस्मिता अधिकारी र रोम नाम्जालीको स्वरमा रेकर्ड भएको छ । गीतलाई अग्रज गीतकार आनन्द अधिकारीले लेखेका हुन् । गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ ।

यो गीतबारे संगीतकार भुवनले ब्युटी न्युज नेपालसँग भने,‘गीत निकै कर्णप्रिय बनेको छ । यसै साता रिलिज गरिएको यो गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ र दर्शकको मायाँले गर्दा भिडियोले एक मिलियन भ्युज पनि पाईसकेको छ ।’

 

यो गीतको भिडियोलाई रोलेक्स इन्टरटेनमेन्टबाट रिलिज गरिएको छ । भिडियोमा अभिनेता बुद्धी तामाङ र मोडल रजनी गुरुङ (मँगली)ले अभिनय गरेका छन् । उनीहरुबीच कबड्डी प्रतिस्पर्धासँगै प्रेम सम्बन्ध यो भिडियोमा देखाईएको छ ।

उत्तम हुमागाईंको छायाँकन रहेको यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियो हास्यप्रधान बनाईएको भए पनि गीत माधुर्य रहेको छ । राज किङ वाईवाले कोरियोग्राफी गरेको यो भिडियोलाई विकास धमलाले सम्पादन तथा रँग सँयोजन गरेका हुन् ।