मिस ग्रान्ड नेपाल २०२४को खोजी सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

विभिन्न १० वटा अन्तराष्ट्रिय प्रतियोगिताको लागि प्रतियोगीको खोजी कार्यक्रम ‘सातौ मिस ग्रान्ड नेपाल’को घोषणासँगै प्रतियोगी खोजी सुरु गरिएको छ । काठमाडौ)मा पत्रकार सम्मेलन आयोजना गरी २०२४ मा हुेन विभिन्न अन्तराष्ट्रिय कार्यक्रममा देशको प्रतिनिधित्व गदै सहभागी हुन यो प्रतियोगिताको घोषणा गरिएको हो । मिस ग्रान्ड वल्र्ड, मिस ल्याण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल, मिस ग्लोबल इन्टरनेसनल , मिस प्लानेट इन्टरनेसनलका लागि प्रतिस्पर्धी खोज्नका लागि यो कार्यक्रम घोषणा गरिएको आयोजक पक्षले जनाएको छ ।

मिस ग्रान्ड नेपाल २०२४ मा सहभागी हुन चाहनेहरुले आगामी १५ जेठ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकको भनाई छ ।

मिस्स ग्रान्ड नेपालका अध्यक्ष किशन राज सिंहले कार्यक्रमबारे पत्रकार भेटघाटमा जानकारी गराए ।  नेपाली युवतीका बाहिर तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने कोरियोग्राफर रोजिन शाक्य तथा आयोजक किसन सिंहले बताए । यो कार्यक्रम युवतीहरुमा लुकेका प्रतिभा मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने मिस ग्रान्ड नेपालको योजना रहेको पनि सिंहले बताए ।

सिंहले मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिदै अवार्ड समेत नेपालले हात पारेको जानकारी गराए । २०२२ मा नेपालले इन्टरनेसनल ताज समेत जितेको, र २०२३ टुरिजम अवार्ड जितेकाले अझ धेरै इन्टरनेसनल ताज नेपाल भित्राउने जमर्कोमा रहेको आयोजक पक्षको भनाई छ ।

मिस ग्रान्ड नेपाल २०२४ का बिजेताले नगदको साथै, स्कुटर ,गोल्डेन थान्का, लगायत विभिन्न उपाधी हाँसिल गर्नेछन् । सबै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२४ ,२०२५ मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।

काठमाडौँमा जेष्ठ १९ मा अडिसन गरिने आयोजक संस्थाले जनाएको छ । छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको विविध प्रशिक्षण दिएर साउनको अन्तिम साता फिनालेमा उतारिने भएको छ ।