प्रहरी अनुबसन्धान अनुसार गृहमन्त्री रबीले २ करोड ऋण लिएको देखियो


ब्युटी न्युज नेपाल
बुटवल, ४ बैशाख

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने केही समय यताबाट सहकारीको ऋणका कारण विवादमा छन् । उनले ऋण नलिएको दाबी गरे पनि प्रहरीको अनुबसन्धानमा लिएको देखिएको छ ।

उनले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ । सो अनुसन्धानबाट लामिछानेको नाममा २ करोड रुपैयाँ ऋण स्वीकृत भएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।

सहकारीमा भएको घोटालामा संलग्न ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको छ । तर सहकारीबाट २ करोड लिएका लामिछानेको नाम भने अभियोगपत्रमा राखिएको छैन । उनी बहालबाला गृहमन्त्री भएका कारण पनि अभियोगपत्रमा नाम नराखिएको हुनसक्ने देखिन्छ । तर प्रहरीले अनुसन्धानमा लामिछानेको नाममा प्रक्रिया नपुर्याएर ऋण लिएको उल्लेख गरेको छ ।

अभियोगपत्रमा उक्त रकम रबि लामिछानेको नाम ऋण खडा गरि २०७७ चैत एकमा गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आई.एम.ई बैंक लि. को खातामा सेवा शुल्क बापत ४ लाख कट्टी गरि संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिएको उल्लेख छ ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मागर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।

गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।