यो मन त मेरो नेपाली हो को फस्ट लुक्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १ बैशाख

नयाँ चलचित्र यो मन त मेरो नेपाली होको फस्ट लुक्स (पोस्टर) सार्वजनिक गरिएको छ । नयाँ वर्षको अबसर पारेर शनिबार यसको फस्ट लुक्स सार्वजनिक गरिएको हो । चलचित्रको पोस्टरमा मुख्य कलाकारहरु रोशन श्रेष्ठ,आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई समेटिएको छ । यसैवर्ष रिलिज गरियो यो चलचित्रको छिट्टै प्रदर्शन मिति तय गरिने निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले बताए ।

अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।चलचित्रको पहिलो चरणमा नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो।

चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन (मन्त्री), सुबास भन्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबँशीलगायतको अभिनय रहेको छ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्र यो मन त मेरो नेपाली होले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।

यो चलचित्रमा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने छ भने निर्माण नियन्त्रकमा सुमन काफ्ले छन् ।