उपत्यकास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीतामा स्नेहा सर्वोत्कृष्ट


काठमाडौं,९ फागुन

दीपश्री क्रिएटिभ मिडियाले राजधानीमा आयोजना गरेको उपत्यकास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीतामा एघार विद्यालयबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पायोनियर पब्लिक स्कूलमा अध्यनरत छात्रा स्नेहा दाहालले पहिलो स्थान हात पारेकी छिन् । ६८ औं प्रजातन्त्र दिवसको अवसर पारेर यो प्रतियोगिता आयोजना गरिएको हो ।

सो प्रतियोगितामा गोल्डेन गार्डेन स्कूल कि छात्रा पूर्णीमा चौधरी दोस्रो भईन भने सेन्ट जर्ज इन्टरनेश्नल स्कूलकी छात्रा वितिसा बुढाथोकी तेस्रो स्थान हाँसिल गरिन् । प्रतिस्पर्धात्मक प्रतियोगीतामा यूनिभर्सलकी कुमारी लिम्बु र डेनेव एकेडेमीका अमृत चपांई सान्त्वना भए ।

 

अग्रज कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले कार्यक्रममा पुरस्कार प्रदान गरे । प्रतियोगीतामा विजेताहरुलाई क्रमश तिन हजार, दुई हजार, एक हजार र सान्त्वना दुई जनालाई जनही पाँच सय रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा बोल्दै डा. लम्सालले सानै उमेरदेखीनै बोल्ने कलाको विकास भएमा भविष्यमा एउटा कुशल नेतृत्वको विकास हुनेमा जोड दिए । डा. लम्सालले आफ्नो पच्चिस वर्ष बोल्ने कलामा आफुलाई समर्पित गर्दाको अनुभव सुनाएका थिए ।

 

कार्यक्रममा वर्तमान समयमा प्रजातन्त्रको अवस्था, संङ्गीयता र लोकतन्त्रको गरिमाका विषयमा आफ्नो विचारहरु व्यक्त गरिरहेका प्रतिस्पर्धीहरुको विचारहरुलाई चर्चित कविहरु हेम प्रभास र वलराम दाहालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 

एक दशक देखी बाल प्रतिभालाई सबैसामु चिनाउनका लागी यस संस्था लागीरहेको बताउँदै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने कार्यक्रम संयोजक प्रह्लाद दाहालले बताए । सो वक्तृत्वकला प्रतियोगीताको सभापतित्व दीपश्री क्रिएटिभ मिडिया वानेश्वर शाखा प्रमुख सुमु शर्मा थिइन् । कार्यक्रमलाई सह—आयोजकका रुपमा नेपाल डेरी एसोशिएसनले सहकार्य गरेको थियो ।