प्रदीप खड्काको नयाँ चलचित्रको नाम एक्लो–१


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ चैत

प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्रको नाम ‘एक्लो–१’ राखिएको छ । यो चलचित्रलाई प्रदिप शाहीले निर्देशन गर्दैछन् । साईफाई–जोम्बी थ्रिलर जनरामा निर्माण गरिने यो चलचित्रको नाम सार्वजनिक गरिएको छ ।

निर्माणपक्षले सिनेमा सिक्वेलका रुपमा निर्माण गर्न लागेको जानकारी दिएको छ । तर नेपालमा यसरी सुरुमै सिक्लेल गर्ने भनिएका चलचित्रहरु पछि सिक्वले बन्न नसकेका धेरै उदाहरण नभएका हैनन् । तथापि निर्देशक शाहीले सिनेमा ट्राइलोजी(तीन भाग) मा निर्माण हुने दाबी गरेका छन् । नाम घोषणासँगै यो सिनेमाको पोस्टरले ‘एक्लो–१’ पनि सार्वजनिक गरिएको छ ।

यो चलचित्रमा प्रदिपसँगै वेनिशा हमाल,विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती तथा सुनिल थापाको अभिनय रहनेछ । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ ।

हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए । निर्माता खत्रीका अनुसार छायाँकनका लागी नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भई रहेको छ । यो चलचित्रको छायाँकन साउनबाट गरिने भएको छ ।