बोक्सीको घरको ट्रेलर : बोक्सी बनेर केकीले लिँदै बदला


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ चैत

अभिनेत्री केकी अधिकारीको महत्वकाँक्षी चलचित्र ‘बोक्सीको घर’ आगामी १४ बैशाखबाट रिलिज हुँदैछ । उनी आफैं निर्माता र आफुनै मुख्य भूमिकामा रहेका कारण उनको यो महत्वकाँक्षी चलचित्र हो । यो चलचित्रका आईतबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ ।

यो चलचित्रको साढे २ मिनेट लामो ट्रेलर अनुसार बाल विवाह गरेकी केकीमाथि हुने यौन हिँसापछि उनले बोक्सीको आडमा विभिन्न व्यक्तिसँग बदला लिएको बुझिन्छ । तर चलचित्रको कथा अन्य पनि हुनसक्छ ।

यो चलचित्रमा केकी अधिकारी, सुलक्षण भारती, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल र सविन बास्तोला लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रको निर्मातामा बद्री अधिकारी र राज घिमिरे रहेका छन् । सुलक्षण भारतीको निर्देशन तथा लेखनमा यो चलचित्र तयार भएको हो । जसमा लोकेश बज्राचार्यको सम्पादन, शिवराम श्रेष्ठको छायांकन छ ।