श्रीकृष्ण लुईटेलको गाह्रो छ मलाई


ब्युटी न्युज नेपाल
काठमाडौं १८ चैत्र

गायक श्रीकृष्ण लुइटेल र मनिषा पोखरेलको स्वर नयाँ गीत बजारमा आएको छ । उनीहरुको स्वरमा गाह्रो छ मलाई…गीत बजारमा आएको हो ।

लामो समय चलचित्र क्षेत्रमा काम गरेका अनुभवी मिलन सुवेदी ‘बाटाघरे’ले यो गीतको भिडियो निर्देशन गरेका हुन् । युवा जति विदेशमा, गाउँघरमा बृध्दा, आईमाई केटाकेटीमात्र हुँदा मर्दा, पर्दा आईपर्ने आपतविपतको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने सन्देश यो गीतले दिन खोजेको छ ।

यो गतिको भिडियोमा श्रीकृष्ण लुइटेल, मिलन सुवेदी, अनिषा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तीर्थ पोखरेल, गोपाल दर्जी, जमुना भडारी सञ्जेल, रेणु गौतम, शुभद्रा थापा, निर्मला वस्नेत, प्रमिला थापा, कोपिला खड्का, अम्बिका भण्डारी, देवराज सुवेदी, रमेश पोखरेल, बुध्दिमान भुजेलको जीवन्त अभिनय रहेको छ ।

यो गीतको भिडियोलाई सुमन तामाङले खिचेका हुन् । जसमा सम्पादन हिमाल तामाङको रहेको छ ।