आइइसी डिजाइनर रनवेमा दर्जन मोडल तथा अभिनेत्री


ब्युट न्युज नेपाल
काठमाडौं, १७ चैत

१३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेशन शो सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका कलाकार तथा मोडल र्याम्पमा प्रस्तुत भए । उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित र्याम्पमा प्रस्तुत भएका हुन् ।

भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहेको शोमा नेपालका २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए । भारतीय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत प्रत्येक्ष सहभागीता रहेको शाको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गरेको थियो ।

शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए ।