अभिनेत्री गौरी मल्ललाई लायन्स क्लबबाट सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ चैत

नायिका गौरी गौरी मल्ललाई शनिबार काठमाडौंको कलँकी स्थित खाँडादेबी फुडल्यान्डमा एक विशेष समारोहबचि विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको छ । उनलाई नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान दिएबापत लायन्स क्बलबाट सम्मान गरिएको हो ।

लायन्स क्लब इन्टरनेशलन डिस्ट्रिक ३२५ एल नेपाल अन्तर्गत ८ वटा क्लबकी रिजन चेयर पसर्न एवम् बरिष्ट सौन्दर्यबीद सोनी कारंजितले उनले सम्मान गरेकी हुन् ।

सम्मेलनमा शनिबार बेलुका अभिनेत्री मल्ललाई रिजन चेयर पर्सन सुन्दरी कारंजित (सोनी)ले आफ्नो रिजनबाट सम्मानित गरेकी हुन् । रिजन चेयरपर्लन सोनीको अध्यक्षतामा डिस्ट्रिक ३२५ एलका गर्भनर परमेश्वर बराल, पस्टा गर्भनर मणिश्रीरत्न बज्राचार्यलगायतले मल्ललाई सो कार्यक्रममा सम्मान प्रदान गरेका हुन् ।

समारोहमा डिस्ट्रिक ३२५ एल रिजन अन्तर्गत ८ वटा लायन्स क्लबहरु लयन्स क्लब आफ काठमाडौं अभियान, सिम्रिक भेन्जर, चाँगुनारायण वान टु नाईन, चन्द्रागिरी सर्कल, युनिट सर्कल, बेदब्यास, सुन्धारा र धादिङ कोशीखोला बुद्धशान्तिको फेलोसिप कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उत्कृष्ट क्लब र लायनहरुलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो । नेपालको मौलिक पारम्पिारिक कपाल तेल एचुका प्रबन्ध निर्देशक उज्ज्वल मानन्धरलाई पनि कार्यक्रममा उधमी सम्मानबाट सम्मानित गरियो ।

समारोहमा बोल्दै रिजन चेयरपर्सन सोनी कारँजितले नेपाली चलचित्रमा सँधै आफ्नो फरक छबी बनाएर बिगत ३७ वर्षदेखि अहिलेसम्म निरन्तर अभिनयबाट योगदान दिएका कारण अभिनेत्री गौरी मल्ललाई सम्मान गरिएको बताईन् । आफ्नो नेतृत्वमा रहेका क्लबहरुले निकै राम्रो काम गरेको बताउँदै उनीहरुलाई सम्मानित गर्न पाउँदा खुसी लागेको छ ।

गर्भनर बराल र पस्ट गर्भनर बज्राचार्यले नेपाली चलचित्रमा गौरी मल्लको योगदान जति प्रसँसा गरे पनि कमै हुने बताए । यस्तै सोनी कारँजितको मातहतमा रहेको क्लबहरुले निकै राम्रो काम गरेको उनीहरुले बताए ।

अभिनेत्री गौरी मल्लले आफु लायन्सको कार्यक्रममा पहिलो पटक आएको र लायन्सबाट आफुलाई यसरी विशेष सम्मान गर्दा चलचित्र क्षेत्रमा अघि बढ्न झनै उर्जा मिलेको बताईन् । आफ्नो समय छुट्टाएर सँधै समाजसेवा गर्ने लायनहरु असली समाजसेवी भएको पनि उनले बताईन् । व्युटी क्षेत्र र समाज सेवामा सोनी कारंजितको महत्वपूर्ण योगदान रहेको पनि नायिका गौरी मल्लले बताईन् ।