अनु चौधरीसँग अजित घिसिङ तामाङको वाचा


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ चैत

संगीतकार तथा गायक अजित घिसिङ तामाङको नयाँ गीत ‘वाचा…’ दर्शकमाझ आएको छ । यो गीतमा अजितको अनु चौधरीसँग युगल स्वर रहेको छ ।

गीतमा घिसिङकै शब्द, संगीत तथा संगीत संयोजन छ । यो रोमान्टिक मेलोडी शैलीको गीतले खासगरि युवापुस्ताका दर्शक तथा स्रोताको मन जितिरहेको छ ।

यो गीतको म्युजिक भिडियोलाई निर्देशक विभोर पोखरेलले तयार पारेका हुन् । सुनिल बुढाथोकीको निर्देशनमा तयार भएको यो गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । विशाल थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोमा विजय कार्की तथा अनिमा विश्वकर्माले अभिनय गरेका छन् । सार्वजनिक भएको दुई दिनमै झण्डै सवा तीन लाख पटक हेरिएको यो गीतको भिडियोमा सयौं प्रतिक्रियाहरु आएका छन् । भिडियोमा आएका प्रतिक्रियाले गीतका शब्द, संगीत तथा स्वरका साथै कलाकारहरुको अभिनयको समेत प्रशंसा गरिएको छ ।

गायक घिसिङले यसअघि धेरैले धेरै माया, ताली, झ्वाइँ खट्टे (प्रमोद श्रेष्ठ र अजित घिसिङ तामाङ), पञ्चै बाजा, नाच्यो चरी (सेलो गीत), आँखा चिम्लि हेर (उषा पाख्रिन र अजित घिसिङ तामाङ), सुटुक्कै (रचना रिमाल र अजित घिसिङ, शब्द रमेश अधिकारी) आदि गीतहरु अत्यधिक लोकप्रिय भएका छन् ।