प्लेब्वाई क्लबमा आज १५ मोडलको हट बिकिनी शो


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ चैत

नेपालमा पनि पछिल्लो समय र्याम्प फेशन शो फस्टाएको छ । यसैक्रममा काठमाडौं ठमेलस्थित छायाँ सेन्टरको प्लेब्वाई क्लबमा आज शुक्रबार बेलुका बिकिनी फेशन शो हुनेभएको छ ।

‘युसा विरागो शो’को चौथो वार्षिकोत्सवको अवसरमा यहाँ बिकिनी फेशन शो हुन लागेको हो ।

शोमा १५ जना हट मोडलहरुले आफ्नो बिकिनी डान्ससहितको प्रस्तुति दिने युसा मगरले जानकारी दिनुभयो । कार्यक्रममा विशेष नृत्य शो, म्याजिक मशरूमको लाइभ म्युजिक र डेनजोंग केटीएम हाइप डीजे सुजितको लाइभ रहनेछ ।