बसन्त र सुमीको नयाँ गीत चुम्मा चपक्कै


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ चैत

गायक वसन्त थापा र गायिका सुमी पराजुलीले युगल स्वरमा नयाँ गीत ‘चुम्मा चपक्कै…’ को भिडियो सार्वजनिक गरेका छन् । यो गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र जीवन बडुको मिक्सिङ र मास्टरिङ ।रहेको छ ।

भिडियो द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो । गायिका सुमी पराजुली नेपाली गायनमा सम्भावना बोकेकी गायिका हुन् । त्यस्तै गायक वसन्त थापा विशेषतः नेपाली लोकगीतमा परिचित नाम हुन् । उनका थुप्रै गीत बजारमा आइसकेका छन् ।

भिडियोमा गम्भीर विष्ट र गरिमा शर्माको अभिनय रहेको छ । गम्भीरकै निर्देशन रहेको भिडियोमा विमला तामाङको मेकअप, कुसुम बुटिकको पहिरन, नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको कलर र सम्पादन तथा पुनम श्रेष्ठको कोरियोग्राफी छ ।