उपहारलाई क्युएफएक्सले पत्याएन


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ फागुन

अभिनेत्री रेखा थापा र निर्देशन ज्ञानेन्द्र देउजाको चलचित्र उपहारलाई क्युएफएक्स चेन हलले खास्सै महत्व दिएको छैन । यो फिल्मलाई निर्माताले मागेको जति शो क्युएफएक्सले दिएन् । चलचित्रको उच्च हाईप नभएको भन्दै अन्य सिनेमा सहरको सो यो फिल्मलाई क्युएफएक्सले दिएको छ । सौरभ चौधरीले फिल्म अगस्ते च्याप्टर दुईले शुक्रबार दोश्रो सातामा जती हल काठमाडौंमा पाएको छ । उपहारले पनि त्यति नै पाएको छ ।

अगस्तेले दोश्रो साता शुक्रबार क्युएफएक्सको चेन अन्तर्गत काठमाडौंका हलमा ६ वटा शो पाएको छ । जबकी शुक्रबारबाट रिलिज भएको ज्ञानेन्द्र र रेखाको फिल्म उपहारले पनि ६ वटै शो पाएको छ । अभिनेत्री रेखा अमेरिकामा भएका कारणले चलचित्र उपहारले त्यतिराम्रो हाईप पाएको छैन ।

कुनै एक समय थियो । जतिबेला रेखा थापाको सिनेमाहरुले सर्वाधिक शो पाउँथे । तर अहिले त्यो अबस्था रहेन् । शुक्रबार नै अन्य दुई वटा चलचित्र रँगेली र काँडेतार पनि रिलिज हुँदैछ । एकै दिन तीन वटा चलचित्र जुधाउँदै यी तीन वटै चलचित्रलाई असर परेको छ । मुलत काँडेतार र रँगेलीसँग जुध्न आउँदा उपहारले पनि न्युन सँख्यामा हल पाएको छ । आफ्नो सिनेमा राम्रो भएको र धेरै भन्दा धेरै हल पाउँछ भन्ने दाबी गर्दै आएका ज्ञानेन्द्र र रेखालाई अन्तत क्युएफएक्सले नै यतिबेला भ्यालु दिएन । सोही कारण दोश्रो सातामा रिलिज भएको अगस्ते र सँगै रिलिज भएको रँगेली जत्तिकै शोमा उपहारले पनि काठमाडौंको क्युएफएक्समा चित्त बुझाउनु परेको छ ।

नेपालीमा एउटा भनाई छ,‘पोखरी भित्र पसेर अर्कालाई डुवाउन खोज्नेहरु आफु पनि सँगै डुब्छन् ।’ चलचित्र उपहारको हालत पनि यस्तै भएको छ । काँडेतर र रँगेलीलाई कमजोर ठानेर यी दुई सिनेमालाई डुवाएर आफु माथि उठ्ने सोचका साथ २५ फागुनमै जुध्न आएको उपहारलाई क्युएफएक्सले राम्रैसँग हेपेको छ । एकै दिनमा तीन वटा सिनेमा जुध्दा आफुहरुले दिनसक्ने हल भनेकै यत्ति नै हो भन्ने जवाफ क्युएफएक्सले दिएको छ ।