स्वरुपराजको स्वरमा अजम्बरी नाता सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

स्वरुप राज आचार्य यतिबेला बुबा एवम् भजन शिरोमणी भक्तराज आचार्यको शोकमा छन् । तथापि निर्माण पक्षले स्वरुपराजको स्वरमा रहेको नयाँ गीत ‘अजम्बरी नाता’ को भिडियो सार्वजनिक गरेको छ । दुर्गा निधि कौडाल (नवराज) को शब्द रचना रहेको गीतमा सुर्य दयालुको संगीत तथा संगीत संयोजन रहेको छ । उर्मिला शदा शंकर र दिनेश शदा शंकरको लगानी रहेको यो गीतको भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियो सुबास जि.सी.को निर्देशनमा तयार भएको हो । भिडियोमा शिल्पा पोखरेल, बिष्णु सदा शंकर, बद्री पुडासैनी, अनिता श्रेष्ठ र दिनेश शदा शंकरको अभिनय रहेको छ ।

रेशम दर्लामीले छायाँकन गरेको भिडियोको सम्पादन पवित्रा जि.सी.ले गरेकी हुन् । किरण रानाको सहायक निर्देशन रहेको भिडियोको पोस्ट प्रोडक्सन सुबास फिल्म्समा भएको हो । प्रेम बिछोडको कथामा बनेको भिडियोलाई निर्देशक सुबासले कलात्मक रुपमा प्रस्तुत गरेका छन् ।

युवा निर्देशक सुबास जि सि को निर्देशनमा तयार भएको भिडियोमा शिल्पा पोख्रेल र बिस्णु सदा शंकरको अनस्कृन रोमान्स हेर्न सकिन्छ । पहिलो पटक काम गर्न गाह्रो हुन्छ भन्ने सुनेको थिएँ तर त्यो सबै निर्देशकमा भर पर्ने रहेछ । निर्देशक आफ्नो नजिकको मित्र भएकोले मलाइ कुनै गाह्रो महसुस भएन भन्दै पहिलो पल्ट पर्दामा देखा परेका नव कलाकार बिष्णुले सुनाए ।